२९ आश्विन २०८३, बिहिबार

वातावरणमैत्री समाजको आवश्यकता : पौडेल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Lilamani-Poudelललितपुर, १७ जेठ । विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालय वातावरण विभागद्वारा शनिवार यहाँ साइकलयात्राको आयोजना गरियो ।

“हिमाल बचाऔँ वातावरण जोगाऔँ” भन्ने नाराका साथ ललितपुरको पाटनढोकाबाट सुरु गरिएको साइकलयात्रा थापाथली, कमलपोखरी, ज्ञानेश्वर, सिनामङ्गल हुँदै मीनभवनमा पुगेर बाग्मती सरसफाइ कार्यमा सहभागी हुने आयोजकले जानकारी दिएको छ ।

नेपाल सरकारका मुख्य सचिव ले साइकलयात्राको उद्घाटन गर्दै वातावरणमैत्री समाजको निर्माण गर्नुपर्ने बताउनुभयो ।

उहाँले वातावरणको संरक्षण आफैँबाट सुरु गर्दै बाग्मती सरसफाइ कार्यक्रममा सबैलाई सहयोग गर्नसमेत अनुरोध गर्नुभयो ।

प्रत्येक वर्षको जुन ५ तारिखका दिन मनाउँदै आइरहेको विश्व वातावरण दिवसलाई सफल बनाउन उक्त दिन सबैले आ–आफ्नो घर वरिपरि रहेका टोल–टोल सफा गर्नसमेत सचिव पौडेलले अनुरोध गर्नुभयो ।

वातावरण दिवस २०७१ को मूल समारोह समितिका संयोजक एवम् सचिव कृष्णचन्द्र पौडेलले वातावरण संरक्षणका लागि सरकारले गरिरहेको साताव्यापी कार्यक्रममा सहभागी भई आ–आफ्नो ठाउँबाट सहयोग गर्न आग्रह गर्नुभयो ।

बाग्मती सरसफाइका लागि २०० जोर बुट र २०० जोर पञ्जा प्रदान गर्ने कार्यक्रम रहेको सो अवसरमा आयोजकले जनाएको छ ।