१ कार्तिक २०८३, आइतबार

च्याम्पियन्स लिग फुटबलको उपाधिका लागि रियल मड्रिड र लिभरपुल खेल्दै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ जेठ । च्याम्पियन्स लिग फुटबलको उपाधिका लागि स्पेनिस क्लब रियल मड्रिड र इङ्ग्लिस क्लब लिभरपुल खेल्दैछन् ।

फाइनल खेल नेपाली समय अनुसार आज राति पौने एक बजे फ्रान्सको पेरिसमा हुने छ । यसअघि सन् १९८१ मा लिभरपुल ३–१ ले विजयी भएको थियो भने सन् २०१८ मा रियलले ३–१ गोलले नै हराएको थियो ।

रियलले कीर्तिमान १३ पटक च्याम्पियन्स लिगको उपाधि जितेको छ । त्यस्तै लिभरपुलले ६ पटक च्याम्पियन्स लिग जितेको छ । लिभरपुल इङ्ग्लिस प्रिमियर लिगमा एक अङ्कले उपाधि जित्न चुकेको थियो ।