२ कार्तिक २०८३, सोमबार

डीएचसी सार्वजनिक गर्दै करिश्मा र बेनिशाले खोले सुन्दरताको राज

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरले आफूले सुन्दरताको लागि गुणस्तयुक्त कस्मेटिकमा कहिल्यै पनि सम्झौता नगर्ने बताएकी छिन् ।

बाल्यकाल देखि नै आफू कस्मेटिक प्रति निकै सजक भएको उनको कथन छ । बिहीबार काठमाडौंमा एक समारोहबीच जापानको अन्तराष्ट्रिय उत्पादन ब्युटी कस्मेटिक ‘डीएचसी’को स्किन सम्बन्धि विभिन्न २१ वटा उत्पादन सार्वजनिक गर्दै अभिनेत्री करिश्माले यस्तो भनाई राखेकी हुन् ।

हलिउडका कलाकारहरूले महत्वका साथ प्रयोग गर्दै आएको यो उत्पादन नेपालमा भित्रिएकोमा अभिनेत्री करिश्माले खुशी व्यक्त गरिन् । कार्यक्रममा अभिनेत्रीहरू करिश्मा मानन्धर, बेनिशा हमाल, गायिका तृष्णा गुरुङ, मोडल उषा उप्रेती, हिमाञ्चल ट्रेडिङका अध्यक्ष नारायण प्रसाद न्यौपाने, प्रवन्ध निर्देशक सुजन न्यौपाने, डीएचसीका नेपाल सेल्स म्यानेजर कमल भारतीले डीएचसीका २१ वटा उत्पादको सँयुक्त लोकार्पण गरे ।

विश्वका मानिसहरूको मन जितेर सबैलाई प्राकृतिक रूपमै सुन्दर बनाउँदै आएको सौन्दर्यसम्बन्धी अन्तर्राष्ट्रिय उत्पादन डीएचसीलाई आफुले सार्वजनिक गर्न पाउँदा निकै खुसी लागेको पनि करिश्माले बताईन् । जापानमा कस्मेटिक अवार्ड जितेको यो उत्पादन प्रति आफु विश्वस्त भएको पनि करिश्माले बताइन् ।

यस्तै अभिनेत्री बेनिशा हमालले विश्वमा प्रति सेकेन्ड कम्तिमा एक उत्पादन बिक्री हुने डीएचसी आफुहरूको लागि झनै उपयोगी हुने गरेको उनले बताइन् । नायिका भएका कारण आफु छालाको सुन्दरता र स्वास्थ्य प्रति निकै सजक भएको र बिदेशबाट मगाउने गरेको यो उत्पादन अब नेपालमै किन्न पाउँदा आफुहरू झनै खुसी भएको पनि उनले बताइन् ।

मोडल उषा उप्रेतीले नारीहरूको सुन्दरतामा व्युटी उत्पादनको निकै महत्व हुने गरेको बताईन् । नक्कली कस्मेटिक सामग्रीले छालालाई असर पारेको बेला यो अन्तराष्ट्रिय क्षेत्रमै लोकप्रिय जापानिज उत्पादन डीएचसीले नेपालीहरूको सुन्दरतामा अझ निखार ल्याउने बताइन् ।

नेपालमा डीएचसीको उत्पादन भित्राउन सफल कम्पनी हिमाञ्चल ट्रेडिङका प्रबन्ध निर्देशक सुजन न्यौपानले कार्यक्रममा भने,‘जापानमा क्लिनिकली प्रमाणित भएको आईएस ओबाट प्रमाणित डीएचसीको उत्पादन हलिउडका स्टारहरूको समेत पहिलो नम्बरको रोजाईमा परेको कस्मेटिक हो र यो अन्तराष्ट्रिय ब्रान्ड विश्वका ३५ भन्दा बढी देशमा बिक्री वितरण हुँदै आएको छ । गुणस्तरमा विश्वको मन जितेको यो कस्मेटिक उत्पादन अब हामीले भारतीय बजार भन्दा निकै सस्तो मूल्यमा नेपालमा बिक्री गर्दैछौं ।’ डीएचसीको स्किन केयर, हेयर केयर, मेक अप, सप्लिमेन्ट सहित दुई हजार भन्दा बढी उत्पादन विश्व बजारमा बिक्री हुँदै आए पनि आफुहरूले नेपालमा अहिले स्किन केयर सम्बन्धि २१ वटा उत्पादन भित्राएको पनि प्रबन्ध निर्देशक सुजनले कार्यक्रममा बताए ।

सञ्चारकर्मी तथा चलचित्र निर्देशक दिनेश डिसीले डीएचसीको बिहिबार सार्वजनिक गरिएको उत्पादनबारे जानकारी गराए । कार्यक्रममा अग्रज ब्युटिसियन सोनी कारँजित र कस्मेटोलोजिस्ट परिषी कारंजितले डीएचसीको उत्पादन कसरी प्रयोग गर्ने भनेर देश भरका यस भन्दा बढी बिक्रेता तथा व्युटिसियनहरूलाई कार्यक्रममा कार्यशाला मार्फत जानकारी गराए । यो उत्पादन नेपाली बजारमा आफुहरूले पठाईसकेको डीएचसीको नेपाल सेल्स म्यानेजर कमल भारतीले जानकारी गराए ।