२ कार्तिक २०८३, सोमबार

मेरी मायालु आज…

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गोबिन्द राज ओझा
दिपायल सिलगढी नगरपालिका–२ डोटी

मेरी मायालु आज मेरो लागि टाढा भो
थपिए चोट सबै घाईते मुटु पर्दा भो
यो जिउने जिवन हो या हो चोट हृदयको
के हो यो माया प्रेम हो नयाँ नयाँ खेल हो ।
जे थिए सपनाहरु सबै हुरी चली उडने भो
के आज भोली सबै जिन्दगि नै रितिने भो
तिम्रो कस्तो साथ के हो तिमि नै भनिदेउ
मेरो जिवन यात्रा कता जाने भो तिमि भनिदेउ
सिधियो जिवन यात्रा सारा मुटु दुख्ने भो
बिछोडमा पनि तिमिलाई देख्छु
हाम्रो जिवनको अधुरो सपना भो
आखाको नानि झै देख्छु तिमिलाई
म जहा भए नि पल पल सम्झन्छु तिमिलाई
नदिको दुई किनार झै अलग हुँदा
हृदय भरी माया छ टाढा भए नि
हे मेरी मायालु आज कता छौ कता ?