२ कार्तिक २०८३, सोमबार

अमेरिकाको टेक्ससमा गोली प्रहारबाट १९ बालबालिकासहित २१ जनाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ११ जेठ । अमेरिकाको टेक्सस राज्यस्थित एउटा प्राथमिक विद्यालयमा बन्दुकधारीले गोली प्रहार गर्दा कम्तीमा १९ जना विद्यार्थी र दुईजना वयस्कहरू मारिएका छन् ।

राज्यका गभर्नर ग्रेग याबटले आक्रमणकारीले ह्यान्डगन प्रयोग गरेको र राइफलको पनि प्रयोग भएको हुनसक्ने बताएका छन् ।

अठार वर्षका आक्रमणकारीको पनि मृत्यु भएको बताइएको छ ।

कानुन पालना गराउने अधिकारीहरूले उनलाई मारिदिएको हुनसक्ने विश्वास गरिएको छ ।

रब एलिमेन्ट्री स्कूलमा पुग्नुअघि ती बन्दुकधारीले आफ्नी हजुरआमालाई गोली हानेको विवरणमा जनाइएको छ ।

उक्त विद्यालयमा सातदेखि १० वर्षका बालबालिका अध्ययन गर्छन् ।

राष्ट्रपति जो बाइडनले मृतकहरूको सम्झनामा तीन दिनसम्म राष्ट्रिय झन्डा आधा झुकाउन निर्देशन दिएका छन् ।

आकस्मिक सेवा

स्थानीय अस्पतालका अनुसार विद्यार्थीहरूलाई आकस्मिक सेवा उपलब्ध गराइएको छ ।

मारिने वयस्कमध्ये एकजना उक्त विद्यालयकी शिक्षक थिइन् ।

उक्त विद्यालयमा झन्डै ५०० बालबालिका भर्ना भएको बताइएको छ ।

अधिकारीहरूका अनुसार घटनामा मृत्यु हुनेहरूको सङ्ख्या बढ्नसक्ने देखिएको छ ।

आक्रमणकारी कसरी मारिए ?

समाचारसंस्था एपीका अनुसार उक्त आक्रमण सुरु भएपछि नजिकै रहेका एक सीमारक्षक अधिकारी उक्त विद्यालय गए र ती युवकलाई गोली हानेर मारिदिए ।

घटना भएको युभाल्डी मेक्सिकोसँगको सीमाभन्दा ८० माइल पर छ ।

मङ्गलवारको घटनामा दुईजना प्रहरी अधिकारी घाइते भएको तर उनीहरूको अवस्था सामान्य रहेको बताइएको छ ।

बन्दुकधारी १८ वर्षका युवाले के कारण आक्रमण गरे भन्ने कुरा स्पष्ट हुन सकेको छैन ।

के भन्छन् राष्ट्रपति ?

ह्वाइट हाउसबाट गरिएको सम्बोधनका क्रममा राष्ट्रपति जो बाइडनले बन्दुक नियन्त्रणका लागि आह्वान गर्दै धेरै मानिस प्रभावित हुनेगरी हुने गोली प्रहारका घटनाका कारण आफू दिक्क भएको बाएका छन् ।

अमेरिकाका विद्यालयमा गोलीकाण्डहरू बारम्बार भइरहेका छन् ।

गत वर्ष मात्रै त्यहाँ त्यस्ता २६ घटना भएको विवरण सार्वजनिक भएका छन् । ८(सेन्टर फर डिजीज कन्ट्रोल एन्ड प्रिभेन्शन सीडीसीले सार्वजनिक गरेको तथ्याङ्कका अनुसार सन् २०२०मा अमेरिकामा कार दुर्घटनाभन्दा बढी मानिसको बन्दुक आक्रमणमा परेर मृत्यु भएको थियो ।

दश दिनअघि मात्रै न्यूयोर्क राज्यमा भएको हमलामा १० जनाको मृत्यु भएको थियो । बीबीसी