१ कार्तिक २०८३, आइतबार

फ्रेन्चाइज लिगहरुलाई मान्यता नदिने क्यानको घोषणा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ११ जेठ । नेपाल क्रिकेट संघ (क्यान) ले अन्य फ्रेन्चाइज लिगहरूलाई मान्यता नदिने आधिकारिक घोषणा गरेको छ ।

मंगलबार सम्पन्न क्यान बोर्ड बैठकले यस्तो घोषणा गरेको हो ।

क्यानले हालसम्म सञ्चालनमा रहेका अन्य फ्रेन्चाइज लिगहरूले पुर्याएको योगदानको कदरसहित धन्यवाद ज्ञापन गर्ने र संघको आफ्नै लिग सञ्चालन हुने भएकाले अन्य लिगलाई राष्ट्रिय मान्यता नदिने घोषणा गरेको हो ।

यदि क्षेत्रीय लिगको संरचनामा सञ्चालन गर्ने भए अनुमति दिने क्यानले जनाएको छ ।

क्यानको आधिकारिक फ्रेन्चाइज नेपाल टी–२० लिग असोज ८ गतेदेखि कार्तिक ५ गतेसम्म आयोजना हुनेछ ।