काठमाडौँ, १६ बैशाख । प्रेस चौतारी नेपालले महाभूकम्पको विपत्तिमा परेकाहरुलाई सहयोग गर्न र संकटको घडीमा मन, वचन, कर्मले उद्दारमा जुट्न सबैमा आग्रह गरेको छ ।
प्रेस चौतारीका अध्यक्ष राजेन्द्र अर्यालले बुधवार प्रेस विज्ञप्ती जारी गदै अव हुन सक्ने माहामारीप्रति पनि सजग रहन सरकारसमक्ष ध्यानआकर्षण समेत गराएको छ ।
गत शनिवार मध्यान्ह गएको महाभूकम्प र त्यसपछि लगातार आएका धक्काहरुले पु¥याएको मानवीय क्षति तथा अन्य भौतिक सम्पत्ति विनाश भएकोमा प्रेस चौतारी नेपाले गहिरो शोक व्यक्त गरेको छ । महाभूकम्पबाट संचारकर्मी र संचारगृहमा समेत क्षति पुगेकाले भूकम्प पीडित संचारकर्मी तथा संचारगृहलाई यथाशिघ्र राहत प्याकेज उपलब्ध गराउन सरकार समक्ष माग समेत गरेको छ ।
प्रेस चौतारीले भूकम्प प्रभावित जिल्लामा स्थानीय तहमा आवश्यकता अनुसार रक्तदान कार्यक्रमको आयोजना गर्न पनि आग्रह गरेको छ । उसले वास्तविक पीडितहरुलाई राहत उपलब्ध गराउन माग गर्दै राहत संकलन र वितरणमा पारदर्शिता अपनाउन समेत आग्रह गरेको छ ।
भुकम्पपछि महामारी फैलन सक्ने भन्दै दैनिक उपभोग्य वस्तु, पिउनेपानी, यातायात, ग्यास तथा इन्धनको सहज आपूर्ति तथा वितरण गर्न सम्बन्धित सबैपक्ष प्रेस चौतारीले अनुरोध गरेको छ । उद्दार कार्य र राहत वितरणमा सरकार, राजनीतिक दल र अन्य निकायका कामहरुलाई प्रोत्साहित गर्ने र उत्तरदायी बनाउने समाचार प्रकाशन, प्रशारण गर्दै विभत्स र त्रासदीपूर्ण दृश्यहरुलाई ठाउँ नदिन आग्रह चौतारीले आग्रह गरेको छ ।
















प्रतिक्रिया