
काठमाडौँ, १० जेठ । भारतीय अभिनेता सलमान खान नेपाल आउने कार्यक्रम स्थगित भएको छ ।
आगामी जेठ १४ गते दशरथ रंगशालामा हुन लागेको दबंग टुर रिलोडड अन्तिम समयमा रोकिएको हो ।
ओडीसी इन्टरटेनमेन्टको आयोजनामा हुने कार्यक्रमका लागि सलमान खानलाई नेपाल ल्याउन लागिएको थियो ।
यद्यपि आयोजकले कार्यक्रम स्थगित भएकोबारे औपचारिक जानकारी गराएको छैन ।
कार्यक्रम स्थगित हुने पक्का भएको भए पनि कारण भने खुलाइएको छैन ।















प्रतिक्रिया