चितवन, ८ जेठ । भरतपुर महानगरपालिकाको ९९ हजार ६४४ मतगणना हुँदा पाँचदलीय गठबन्धनकी उम्मेदवार रेणु दाहालले ८ हजार ७५६ मत अन्तरको अग्रता कायम गरेकी छिन् ।
दाहालका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका विजय सुवेदीले ३० हजार ६६० मत प्राप्त गरेका छन् । भरतपुरमा खसेको कुल १ लाख २७ हजार ८३९ मतमध्ये अब २८ हजार १९५ मत गन्न बाँकी छ ।
प्रतिक्रिया
सम्बन्धित
सिफारिस