२ कार्तिक २०८३, सोमबार

बरालको ‘मालामा नउनिएका फूलहरु’को विमोचन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ८ जेठ । स्रष्टा डा खगराज बरालको आत्मपरक निबन्ध ‘मालामा नउनिएको फूलहहरु’ को विमोचन भएको छ ।

निबन्ध, कथा, गीत, कविता, समालोचनालगायत शिक्षाका विभिन्न विषयमा कलम चलाउने बरालको सो कृति शनिबार विमोचित भएको हो । शिखा बुक्स प्रालिले बजारमा ल्याएको यो पुस्तकको विमोचन प्रा डा जयराज आचार्य, लेखक तथा पूर्वसांसद डा शोभाखर पराजुली, पूर्वसचिव किशोर थापा, नन्दी माध्यमिक विद्यालयकी प्रधानाध्यापक गीता काफ्ले, शिखा बुक्सका प्रबन्धक पुष्पराज पौडेल र लेखक डा बरालले संयुक्त रूपमा गर्नुभएको थियो ।

प्रा डा आचार्यले डा बरालका निबन्धहरू विश्वविद्यालयका स्नातक तथा स्नातकोत्तर तहका विद्यार्थीले पढ्नु सान्दर्भिक देखिएका भन्दै यस पुस्तकका निबन्धहरू हरेक व्यक्तिका लागि पठनीय र लाभप्रद भएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा डा पराजुलीले यो पुस्तक एकपटक मात्र होइन, पटक पटक पढ्दै जाँदा झन नवीन सिकाइ थपिँदै जान्छ भन्नुभयो । पूर्वसचिव थापाले सरल भाषामा जीवनका भोगाइलाई डा बरालले यसपूर्वका पुस्तकमा व्यक्त गरेको सन्दर्भ उल्लेख गर्नुभयो ।

कुल ३२४ पृष्ठको यो पुस्तकको मूल्य ४७५ रुपैयाँ रहेको छ ।-रासस