६ कार्तिक २०८३, शुक्रबार

भरतपुर अपडेट : रेनु दाहाललाई ७ हजार ३१४ मतको अग्रता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, ८ जेठ । चितवनको भरतपुर महानगरपालिकामा ८८ हजारभन्दा बढी मत गणना भएको छ ।

जसमा मा‌ओवादी केन्द्रकी रेनु दाहालले अग्रता कामयै राखेकी छन् । उनले ३४ हजार ६८४ मत पाएकी छन् । हालसम्म ८८ हजार २८४ मत गणना भएको छ ।

दाहालका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका विजय सुवेदीले २७ हजार ३७० र स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलले ११ हजार ७२० मत पाएका छन् ।

उपमेयरतर्फ नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ३६ हजार ८९३ र राप्रपाकी हिमला गुरुङले २१ हजार ६२१ मत पाएकी छन् ।