४ कार्तिक २०८३, बुधबार

बर्दियामा भूकम्प पीडितलाई राहत संकलन जारी, तीन दिनमा साढे पाँच लाख पठाइयो

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

– सुदीप अधिकारी
बर्दिया, १६ बैशाख । भूकम्प पीडितका लागि बर्दियामा जिल्लाबाट राहत संकलन गर्ने कार्य जारी रहेको छ । ३ दिन यता बर्दियाबाट भूकम्प पीडितका लागि ५ लाख ७७ हजार ६ सय ६३ रुपैँया राहत रकम पठाइएको जिल्ला प्रशासन कार्यालय बर्दियाले जनाएको छ ।

जिल्ला दैविक प्रकोप उद्धार समितिको बैठकले जिल्लामा कार्यरत सरकारी तथा गैर सरकारी कर्मचारीले एक दिनको तलब राहतस्वरुप प्रदान गर्ने निर्णय गरेको थियो । सोही अनुसार सरकारी तथा गैर सरकारी कार्यालयले राहतस्वरुप रकम जम्मा गरी रहेको बताइएको छ ।

जिल्ला प्रशासन कार्यालयका अनुसार बैशाख १४ गते २ लाख ६९ हजार ४ सय ३६ रुपैँया संकलन भएको थियो । यसैगरी बैशाख १५ मा ४९ हजार १ सय १५ रुपैँया र १६ गते २ लाख ५९ हजार १ सय १२ रुपैँया राहतस्वरुप संकलन भएको छ ।

जिल्ला प्रशासन कार्यालय, पशु सेवा कार्यालय, जिल्ला निर्वाचन कार्यालय, बबई सिँचाइ आयोजना, कृषी सामाग्री संस्थान, कृषी विकास कार्यालय, गुलरिया नगरपालिका लगायतका सरकारी तथा गैर सरकारी कार्यालयले आफनो कार्यालयमा कार्यरत कर्मचारीको एक दिनको तलबले हुन आउने रकम राहत कोष जम्मा गर्ने गरेका छन् ।

यसैगरी व्यक्तिगत रुपमा पनि रकम जम्मा हुने क्रम जारी रहेको प्रशासनले बताएको छ । संकलन भएको राहत रकम सिधै केन्द्रिय दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी विनोदबहादुर कुँवरले बताए ।