
कैलाली, ७ जेठ । धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल फराकिलो मतान्तरले अगाडि छन् ।
अहिलेसम्म ५६ हजार २२६ मत गन्दा हमालले ११ हजार ७५८ मतको अग्रता बनाएका छन् । उनले २४ हजार ५२९ मत प्राप्त गरेका छन् । उनलाई गठबन्धनबाट नेपाली कांग्रेसका नृपबहादुर वडले १२ हजार ७७१ मतका साथ पछ्याइरहेका छन् ।
त्यस्तै अर्का मेयरका उम्मेदवार नेकपा एमालेका रणबहादुर चन्दले ७ हजार ३८६ मत प्राप्त गरेका छन् ।
यस्तै उपमेयरमा एमालेकी कन्दकला रानाले १२ हजार ५९४ मत प्राप्त गरेकी छिन् भने उनलाई गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी शान्ति अधिकारीले ११ हजार ५८९ मतका साथ पछ्याइरहेकी छिन् ।















प्रतिक्रिया