
सिरहा, ७ जेठ । सिराहाको मिर्चैया नगरपालिकामा मेयर र उपमेयर नेकपा माओवादी केन्द्रले पुनः जितेको छ ।
निर्वाचन अधिकृतको कार्यालय मिर्चैयाले शनिबार बिहान निवर्तमान मेयर श्रवणकुमार यादव र उपमेयरमा जीवछी देवीलाई निर्वाचित भएको घोषणासहित प्रमाण पत्रसमेत दिएको छ ।
उनीहरू दुवै जना नेकपा माओवादी केन्द्रबाटै २०७४ को स्थानीयतह निर्वाचनमा सोही पदमा निर्वाचित भएका थिए । मिर्चैयाका निवर्तमान मेयर समेत रहेका यादव ५२३ मतान्तरसहित ५ हजार २३३ मत प्राप्त गरेका छन् ।
उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका सिताराम यादवले ४ हजार ७१० मत ल्याउँदा नेकपा एमालेका प्रतिप महासेठले ३ हजार ७०४ मत प्राप्त गरेका छन् ।
उपमेयरमा निर्वाचित जीवछी देवीले ४४ मतान्तरसहित कांग्रेसकी अनिता साहलाई पराजित गरेकी छन् । उनले ५ हजार ७० मत ल्याएकी छन् भने निकटतम प्रतिस्पर्धी साहले ५ हजार २६ मत र नेकपा एमालेका सोभा देवी साहले ३ हजार ८७७ मत प्राप्त गरेकी छन् ।















प्रतिक्रिया