१ कार्तिक २०८३, आइतबार

सौन्दर्य प्रतियोगितामा बलात्कार आरोपमा मनोज पाण्डे पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

काठमाडौं, ७ जेठ । बलात्कार आरोपमा सौन्दर्य प्रतियोगिताका आयोजक मनोज पाण्डे पक्राउ परेका छन् ।

प्रहरीले पाण्डेलाई शनिबार पक्राउ गरेको हो ।

उनलाई स्वयम्भूबाट पक्राउ गरेको प्रहरीले दैनिक नेपाललाई जनाएको छ ।

आठ वर्षअघि सौन्दर्य प्रतियोगिताको नाममा किशोरीमाथि बलात्कार गरेको अभियोगमा उनी पक्राउ परेका हुन् ।

मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक पाण्डेले सन् २०१४ मा मिस ग्लोबल इन्टरनेशनल नामक प्रतियोगिता आयोजना गरेका थिए ।

त्यस क्रममा आफूलाई बलात्कार गरेको एक युवतीले सामाजिकसंजालमार्फत सार्वजनिक गरेकी थिइन् ।