६ कार्तिक २०८३, शुक्रबार

काठमाडौंमा एमाले र कांग्रेसका उम्मेदवारभन्दा करीब दोब्बर मतले बालेन अगाडि

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ जेठ । काठमाडौं महानगरपालिकामा बलियो प्रतिस्पर्धी मानिएका नेकपा एमालेका उम्मेदवार केशव स्थापित र नेपाली कांग्रेसकी सिर्जना सिंह भन्दा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह ‘बालेन’ करीब दोब्बर मतले अगाडि रहेका छन् ।

मत गणनाको पछिल्लो परिणाम अनुसार बालेन्द्रले ३१ हजार १५ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका केशव स्थापितले १६ हजार ५२७ र कांग्रेसकी सिर्जना सिंहले १६ हजार २२४ मत प्राप्त गरेका छन् ।

यस्तै उपमेयरमा एमालेकी सुनिता डङ्गोल २६ हजार ५७५ मतसहित अग्रस्थानमा छिन् ।