४ कार्तिक २०८३, बुधबार

मूर्ति तथा बहुमुल्य वस्तुहरु चोरिन थालेपछि महानिर्देशकलाई मन्त्रीले के भने ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

veshnarayan-dahal

काठमाडौं, १६ बैशाख । धराहराका पुराना मोडेलका इट्टा र बसन्तपुर दरवारका मूर्ति तथा घण्टीहरु चोरी हुन थालेको छ । मूर्ति तथा बहुमुल्य वस्तुहरु चोरिन थालेपछि सञ्चार मन्त्री मिनेन्द्र रिजालले पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालसँग एकाबिहानै स्पष्टीकरण लिएका छन् ।

धराहराको इट्टा धमाधम नागरिकहरुले बोरामा राखेर ओसार्न थालेका छन् । बसन्तपुरको घण्टी लिएर हिंडेको अबस्थामा एक जनालाई प्रहरीले आज विहान पक्राउ गरेको छ । मन्त्री रिजालले चोरी गर्दासम्म पनि किन सुरक्षित नगरेको भन्दै महानिर्देशकलाई फोन गरेका हुन् । मन्त्री रिजालले यसबारे सचेत रहन समेत दाहाललाई निर्देशन दिए ।

चोरिने क्रम नरोकिएपछि अपराहन्न पाँच बजेतिर राष्ट्रिय सूचना आयोगका अध्यक्ष कृष्णहरि बास्कोटाले समेत महानिर्देशक दाहाललाई फोन गरेका थिए । फोनमा दाहालले धराहरामा आफ्नो कार्यालयको तीन जना कर्मचारी खटाएको जानकारी दिएका थिए । दाहालले सुरक्षाको निम्ति प्रहरीलाई खटाउन पनि बास्कोटालाई आग्रह गरे । फोनमा दाहालले आफूहरुले मात्र चोरी रोक्न नसक्ने बताएका थिए ।

सरकारी संयन्त्र उद्दार र राहतमा रहेको मौका छोपी काठमाडौँमा भने लुटपाटका घटना बढ्न थालेको छ । श्री तीन र पुरानो मिति भएको धरहाराको इट्टा आइतवारदेखिनै स्थानियले ओसारिरहेका छन् । सरकारले भग्नाअवशेष भएका विभिन्न पुरातत्व र महत्वको चीजहरुतर्फ आँखा चिम्लँदा त्यस्ता चिजहरु चोरी हुने क्रम बढ्न थालेको हो ।