१ कार्तिक २०८३, आइतबार

युगान्डाविरुद्ध नेपालको पहिलो जित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ६ जेठ । घरेलु टोली नेपालले युगान्डाविरुद्धको महिला टी-२० अन्तर्राष्ट्रिय सिरिजमा पहिलो जित हात पारेको छ । सिरिज गुमाईसकेको नेपालले आज सम्पन्न चौथो खेलमा १५ रनको जित हात पारेको हो ।

९८ रनको लक्ष्य पछ्याएको युगान्डाले निर्धारित १८ ओभर नै ब्याटिङ गरे पनि आठ विकेट गुमाउँदै ८२ रन मात्र बनाउन सक्यो । गएरातिको वर्षाका कारण मैदान भिजेकाले टसमा ढिलाइ हुँदा खेललाई १८ ओभरमा झारिएको थियो । नेपालको यो जितसँगै पाँच खेलको सिरिज ३-१ को पुगेको छ ।