४ कार्तिक २०८३, बुधबार

फेसबुकले नेपालका भूकम्पपीडितलाई सहयोग गर्ने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

facebook bossकाठमाडौं, १६ वैशाख । विश्वव्यापी सामाजिक सञ्जाल फेसबुकले नेपालका भूकम्प पीडितलाई आर्थिक सहयोग पुर्‍याउने भएको छ ।
विश्वव्यापी सो सञ्जालले नेपालका भूकम्प पीडितका लागि आर्थिक सहयोग उपलब्ध गराउन आह्वान गर्दै एक अलग्गै बटनको निर्माण गरेको र सोहीमार्फत आर्थिक सहायता उपलब्ध गराउन सकिने छ ।

सो सञ्जालले नेपालमा भएको महाविपत्तिका लागि सहयोग गर्न आह्वान गर्दै आर्थिक सहायता सो फेसबुकमा दिइएको खातामा नै उपलब्ध गराउन सकिने अपिल गरेको छ । यस सञ्जालले २० लाख अमेरिकी डलर बराबरको रकम जम्मा गर्ने लक्ष्य लिएको पनि सो साइटमा जनाइएको छ ।

यसअघि नै गत सोमबार संयुक्त राज्य अमेरिकाले दश हजार अमेरिकी डलर बराबरको आर्थिक सहयोग गर्ने बताइसकेको छ । यस नेटवर्कमा अहिले नै बङ्गलादेश, भारत र नेपालका नागरिकले रकम जम्मा गर्न थालिसेका छन् । उनीहरु विभिन्न पेसा वा व्यवसायका लागि विश्वका विभिन्न देशमा रहेका र उनीहरुले त्यहीँबाटै सहयोग गर्ने जनाएका हुन् ।

गएको शनिबार आएको सो भूकम्प ७.६ रेक्टर स्केलको हो । त्यसको भोलिपल्ट आइतबार पनि अर्काे शक्तिशाली भूकम्प आएको थियो ।
त्यसपछिका चार दिनसम्म पनि नेपाल सानाठूलागरी करिब सात सय बढी पटकसम्म झड्का आएका छन् । सोही कारण पनि यहाँको जनजीवन आतङ्कित बन्न पुगेको हो ।

यस भूकम्पबाट मृत्यु हुने व्यक्तिको सङ्ख्या ५ हजार नाघि सकेको छ । त्यस्तै हजारौँ नागरिक घाइते छन् भने उद्धारको काम सशक्त रुपमा हुन सकिरहेको छैन । रासस/पिटीआई