६ कार्तिक २०८३, शुक्रबार

सिरहाको धनगढीमाईमा निवर्तमान मेयर तथा पूर्वसांसदलाई हराउँदै एमाले विजयी

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुरधाम, ६ जेठ । सिरहाको धनगढीमाई नगरपालिकाको मेयरमा नेकपा एमाले विजयी भएको छ ।

एमालेका शिवशंकर महतो ७ हजार ५६ मतसहित विजयी हुँदा उनका निकटम प्रतिस्पर्धी नेपाली कांग्रेसका यादव ७ हजार ५६ मत पाए भने निवर्तमान मेयर समेत रहेका नेकपा माओवादी केन्द्रका उम्मेदवार हरिनारायण चौधरी मात्र ४ हजार ३६९ ल्याए ।

महतोले नेपाली कांग्रेस जिल्ला सभापति तथा पूर्वसांसद रामचन्द्र यादव र निवर्तमान मेयर हरिनारायण चौधरीलाई पराजित गरेका हुन् ।

यस्तै, उपमेयरमा कांग्रेसकी संगिता कुमारी चौधरी ६ हजार ६१३ मत ल्याएर विजयी भएकी छन् । उनकी निकटम प्रतिस्पर्धी शोभा कुमारी वराल ६ हजार ३७८ मत पाइन् ।