४ कार्तिक २०८३, बुधबार

अनाथ बालबालिका पनि भुकम्प पीडितहरुको सहयोगमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Lumbani-sos भैरहवा, १६ वैशाख । विनाशकारी भुकम्पबाट पीडितलाई सहयोग पुर्‍याउनका लागि एसओएस बालग्राम लुम्बिनीका अनाथहरुले राहत संकलन अभियान सुरु गरेका छन् ।

एसओएस बालग्राम लुम्बिनीका योजना निर्देशक बिजयजंग राणाको नेतृत्वमा रहेको अनाथहरुको टोलीले भैरहवा बजार क्षेत्रमा राहत संकलन अभियान सुरु गरेको छ । बजारक्षेत्र, व्यापारिक घराना र स्थानीयबासीको घरदैलोमा पुगेर अभियान टोली राहत संकलनमा जुटेको एसओएस बालग्राम लुम्बिनीले जनाएको छ ।

बुधवार बिहान देखी नै एसओएसमा रहेका अनाथ बालबालिकाहरु भुकम्प पीडितलाई सहयोग उठाउन घर घरमा पुगेपछि स्थानियहरुले समेत स्वःइच्छाले सहयोग गरेको अभियानमा हिडेकी एसओएस बालग्राम लुम्बिनीकी सहायक निर्देशक ज्योत्स्ना राणाले जानाइन् ।

Lumbani-sos-1आफुहरुनै अरुको सहारामा बाचेका अनाथ बालबच्चाहरुनै भुकम्प पीडितहरुका लागि राहत संंकलन गर्न जुटेपछि बजारबासीमा समेत सहयोगको भावना पलाएको व्यापारी दिपक परिवाले जनाए ।

एसओएस बालग्राम लुम्बिनीमा रहेका १ सय ५३ जना बाल बालिक र बालग्रामकै ५० जना कर्मचारी टोलीको भैरहवाको बुद्धचोकदेखि जिल्ला प्रशासन कार्यालयसम्म ‘भुकम्प पीडितलाई सहयोग गर्नुहोस’ भन्ने प्लेकार्ड र व्यानर बोकेर र्‍याली समेत निकालेका थिए ।

र्‍याली पछि टोली समुह समुहमा बिभाजन भैइ भैरहवाका चोक चोकमा पुगेर राहत उठाएको एसओएसका कर्मचारी गोबिन्द ढकालले बताए । राहत संकलन टोलीमा तेक्वान्दोका अन्तराष्ट्रिय खेलाडी कोशिस खड्का र सुटिङ खेलाडी स्नेहराज्य लक्ष्मी राणाको समेत सहभागिता थियो ।