६ कार्तिक २०८३, शुक्रबार

विजयी घोषणापछि भेटिएको बाकसको मतगणना, दुवैको मत बराबर

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ५ जेठ । निर्वाचन आयोगले विजयी घोषणा गरेपछि भेटिएको सिलबन्दी बाकसको मत गणना गर्दा दुवै उम्मेदवारको मत बराबर भएको छ।

तीन दिनअघि महोत्तरीको बर्दिबास नगरपालिका–८ को वडाध्यक्षमा नेकपा (माओवादी केन्द्र) का शमशेरसिंह लामा निर्वाचित भएको घोषणा गरिएको थियो। उनले ७५३ मत पाएका थिए भने प्रतिस्पर्धी नेकपा (एमाले) का रुद्र किङरिङले ७४४ मत पाएका थिए।

त्यसपछि आज सिल नखोलिएको एउटा मत पेटिका भेटिएको थियो। सर्वदलीय बैठकले त्यसमा रहेका मत गणना गर्ने सहमति गरेको थियो। आज मत गणना गर्दा दुवैको मत बराबर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। आजको गणनामा दुवै उम्मेदवारको मत समाना ७६७ पुगेको छ। अब गोलाप्रथाबाट विजयी घोषणा गर्ने तयारी भइरहेको छ।