६ कार्तिक २०८३, शुक्रबार

विवादपछि मुसीकोटको मतगणना रोकियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रुकुम, ५ जेठ । मुसीकोट नगरपालिकामा मतपेटिकाबाट मतपत्र निकालेर मिलाउने क्रममा मत संकेत देखिएपछि विवाद उत्पन्न हुँदा मतगणना रोकिएको छ । १३ वटा वडाको मतगणना सकेर अन्तिम वडा १४ नम्बर वडामा मतगणना भएर रोकिएको हो ।

मत संकेत गरिएका मतपत्र गणना गर्ने कि बदर गर्ने भन्ने विषयमा विवाद देखिएको छ । यस विषयमा निर्वाचन कर्मचारी र दलका प्रतिनिधिहरीबीच छलफल भइरहेको छ । मुख्य निर्वाचन अधिकृत विद्याराज पौडेलले यस विषयमा उम्मेदवार, राजनीतिक दलसँग छलफल भइरहेको जानकारी दिए ।

मत संकेत गरिएको मतपत्र कति छन् र कुन चुनाव चिन्हमा हो भन्ने खुलाइएको छैन । केही मतपत्रमा कागजका टुक्रा राखिएको पाइएको बताइएको छ । यही वडाबाट नै जित र हारको फैसला हुने छ ।