४ कार्तिक २०८३, बुधबार

भूकम्प पीडतको उद्धारमा महाकाली यातायातका दैनिक ४० बस सञ्चालन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bus-mahakali-yatat– बिनोदबाबु बिष्ट

महेन्द्रनगर, १६ वैशाख । महाकाली सेती यातायात व्यवसायी समितिले विनाशकारी महाभूकम्पका कारण राजधानीमा फसेका सुदुरपश्चिमबासीहरुको उद्धारका लागी दैनिक ३ दर्जनभन्दा बढी बस सञ्चालनमा ल्याएको छ ।

सामाजिक उत्तरदायित्व र सहयोगको भावनाले महाभूकम्पबाट पीडित बनेर काठमाडौं छोड्न लागेका सर्वसाधारणका लागि बस सञ्चालनमा ल्याएको महाकाली सेती यातायात व्यवसायी समितिका महासचिव विष्णु प्रसाद कँडेलले जानकारी दिए ।

महाकाली यातायातका कुनै पनि बसले बढी भाडा लिएमा गाडीको नम्बर सहित ९८५८७५०४४४ मा सम्पर्क गर्न महासचिव कँडेलले आग्रह गरेका छन् । बढी भाडा लिएको पाइए तुरुन्त कारबाही उनले बताए ।

विपतमा परेर घर फर्कन गाडी भाडा नभएका सर्वसाधारणलाई निःशुल्क समेत ल्याईने महासचिव कँडेलको भनाई छ । काठमाडौंमा रहँदै आएका सुदुरपश्चिम लगायत बाहिरी जिल्लाका कतिपय सर्वसाधारण भूकम्पले बास भत्किएपछि र असुरक्षित महसुस गरेपछि गृहजिल्ला फर्कन लागेका छन् ।

महाभूकम्पबाट कारण राजधानी काठमाडौंमा सुदुरपश्चिमका हजारौ सर्वसाधारण फसेका अनुमान गरिएको छ । जसमध्ये ४ अछामका र ३ जना कञ्चनपुरका नागरिकको भूकम्पबाट काठमाडौंमा मृत्यु भइसकेको पुष्टि भएको छ ।