६ कार्तिक २०८३, शुक्रबार

काभ्रेको मण्डनदेउपुरमा गठबन्धन विजयी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काभ्रे, ५ जेठ । काभ्रेको मण्डनदेउपुर नगरपालिकाको मेयर र उपमेयरमा गठबन्धनका उम्मेदवारहरु निर्वाचित भएका छन्।

गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका मेयर उम्मेदवार टोकबहादुर वाइबा ९४०६ मतसहित दोस्रो कार्यकालका लागि मेयरमा निर्वाचित भएका छन् ।

वाइवाले नेकपा एमालेका विदुरप्रसाद सापकोटालाई पराजित गरेका हुन् । सापकोटाले ८३५१ मत पाएका छन् ।

त्यस्तै, उपमेयरमा नेपाली कांग्रेसका विष्णुमणी नेपाल ११ हजार ३०५ मतसहित निर्वाचित हुँदा एमालेकी सरिता ढकालले ६ हजार ९२४ मत मात्रै पाएकी छन् ।