४ कार्तिक २०८३, बुधबार

मुस्ताङमा पच्चीस घर ध्वस्त, एकसय ३९ घरमा क्षति

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

mustang-bhukampa1मुस्ताङ, १६ वैशाख । विनाशकारी भूकम्पका कारण हिमाली जिल्ला मुस्ताङमा २५ घर ध्वस्त भएका छन् भने एकसय ३९ घरमा क्षति पुगेको छ ।

स्थानीयवासी, प्रहरी चौकी र रेडक्रसकर्मीहरुले दिएको प्रारम्भिक जानकारी अनुसार उक्त सङ्ख्यामा भौतिक पूर्वाधारको क्षति पुगेको प्रमुख जिल्ला अधिकारी नरहरि बरालले जानकारी दिनुभयो ।

उहाँका अनुसार सबैभन्दा बढी घमी गाविसको घिलिङ र जिल्ला सदरमुकाम जोमसोम आसपासका क्षेत्रमा बढी क्षति देखिएको छ । “प्रारम्भिक रुपमा उक्त सङ्ख्यामा घरमा क्षति पुगेको जानकारी आएको छ, हाम्रा टोली खटिरहेका छन्, प्रमुख जिल्ला अधिकारी बरालले भन्नुभयो, ‘केही दिनपछि विस्तृत जानकारी आउनेछ ।”

जिल्ला प्रशासन कार्यालय मुस्ताङका अनुसार, जिल्लाका एउटा सरकारी भवनमा पूर्णरुपमा क्षति पुगेको छ भने सात वटामा आंशिक क्षति पुगेको छ । जिल्लाका चारवटा विद्यालयका भवन पूर्णरुपमा क्षतिग्रस्त बनेका छन् भने छ वटा विद्यालयका भवनमा मर्मतसम्भार गर्नुपर्ने देखिएको छ ।

व्यक्तिगत रुपमा १२४ घरमा आंशिक क्षति पुगेको छ भने २० घर पूर्णरुपमा ध्वस्त भएका छन् । “घमी गाविसमा प्राविधिक टोली पठाउँदैछौँ, अहिले सदरमुकाम जोमसोममा जमिन भासिने क्रम रोकिएको छ, प्रजिअ बरालले भन्नुभयो ‘राहत र क्षतिपूर्ति वितरणका लागि सरोकारवाला निकायसँग पनि सहकार्य गरिरहेका छौँ ।” रासस