काठमाडौं, १६ वैशाख । शनिवारको महाभूकम्पमा परेर गेष्ट हाउसमा बसेकाभित्र पुरिएका एक युवकलाई उद्दार टोलीले ७२ घण्टा अर्थात ३ दिनपछि सकुशल उद्दार गरेको छ ।
राजधानीको गोंगबु स्थित सयपत्री गेष्ट हाउसमा पुरिएका अर्घाखाँचीका २८ वर्षीय ऋषि खनाललाई ३ दिनपछि फ्रान्सेली र सशस्त्र प्रहरीको उद्धार टोलीले मंगलबार राति ११ बजे उद्दार गरेको प्रहरीले जनाएको छ ।
उद्दार गरिएका खनालले बाँच्नका लागि आफ्नै पिशाब खाएको खुलासा बताएका छन् । बरिपरी छरिएर रहेका शवहरु देखेपछि निकै प्यास लागेर बाँच्नका लागि आफ्नै पिशाव खाएको उद्दारपछि हस्पिटल पुगेका खानलले बताए ।
गोंगबु स्थित गेष्ट हाउसमा मर्ने संख्या अहिलेसम्म तीन सय पुगिसकेको छ । उद्दारका लागि त्यहाँ पुगेको टोलीको ध्यान उनले सानो सानो ढुंगा बाहिर फालेर खिचेका थिए ।
सयपत्री गेष्ट हाउसमा दुई जना साथीसँगै बसेका उनी मात्र बाँच्न सफल भएका छन् । उनका अन्य दुई साथीको मृत्यु भइसकेको छ । अहिले उनको अस्पतालमा उपचार भइरहेको छ ।















प्रतिक्रिया