६ कार्तिक २०८३, शुक्रबार

भरतपुरमा रेणु दाहालको अग्रता कायमै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, ५ जेठ । भरतपुर महानगरपालिकामा माओवादी केन्द्रबाट मेयरका उम्मेदवार रेणु दाहालले अग्रता कायमै राखेकी छन् ।

बिहानसम्म ३७ हजार ८६७ मतगणना हुँदा गठबन्धनका साझा उम्मेदवार दाहालले १४ हजार ३७७ मत पाएकी हुन् ।

उनलाई एमालेका विजय सुवेदी ११ हजार ४३१ मतले पछ्याइरहेका छन् । कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले ५ हजार ९९७ मत पाएका छन् ।

उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारी १६ हजार ७४१ मतसहित अगाडि छन् । उनका प्रतिस्पर्धी राप्रपा उम्मेदवार हिमला गुरुङको मत ९ हजार २६९ मात्र छ ।

https://www.dainiknepal.com.np/2022/05/559428.html