६ कार्तिक २०८३, शुक्रबार

काठमाडौं महानगरपालिका–३ मा एमालेका प्रेम थापाको प्यानलै विजयी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ जेठ । काठमाडौं महानगरपालिका वडा नं ३ मा एमालेका उम्मेदवार प्रेम थापा र उनको सम्पूर्ण प्यानल विजयी भएको छ ।

मत गणनाको अन्तिम परिणाम अनुसार थापाले २ हजार १३८ मत प्राप्त गरी निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका राजेश अधिकारीलाई पराजित गरेका हुन् । प्रतिस्पर्धामा अधिकारीले १ हजार ४९१ मत प्राप्त गरे ।

त्यस्तै सदस्यमा कृष्णराज चालिसे र केशब श्रेष्ठ तथा महिला सदस्यमा सीता थापा र शर्मिला परियार बिजयी बनेका छन् । सदस्यमा निर्वाचित चालिसेले २ हजार २३७, श्रेष्ठले २ हजार १५२, थापाले २ हजार २६६ र परियारले २ हजार २८७ मत प्राप्त गरेका छन् ।

वडाध्यक्षका उम्मेदवारहरू नेकपा एसका दीपक केसीले ९६६, राप्रपा (हालो)का रामेश्वर पौडेलले ५२९ र स्वतन्त्र उम्मेदवार ध्रुव थापा क्षेत्रीले ३१ मत प्राप्त गरेका छन् ।