६ कार्तिक २०८३, शुक्रबार

मतदाताको खुट्टामा पैसा राखेर ढोग्ने कांग्रेसका अमृत खनाल वडाध्यक्षमा निर्वाचित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक, ४ जेठ । खुट्टामा पैसा राखेर ढोग्ने कांग्रेसका उम्मेदवार अमृत खनाल वडाध्यक्षमा निर्वाचित भएका छन् ।

कांग्रेसबाट सिन्धुपाल्चोक मेलम्ची नगरपालिका वडा नम्बर १० का लागि उम्मेदवार बनेका अनालले १ हजार ४८ मत ल्याएर जित हासिल गरेका हुन् । उनका निकटतम प्रतिस्पर्धी राप्रपाका टेकबहादुर तामाङले ९४८ मत प्राप्त गरे ।

खनालले घरदैलो अभियानका क्रममा मतदाताको खुट्टामा पैसा राखेर ढोगेका थिए । उक्त तस्वीर भाइरल भएपछि खनालले फुपूले टीका लगाएर आर्शीवाद दिएपछि गोडामा पैसा राखेर ढोगेको बताएका थिए ।

घटनापछि विपक्षीहरुले उम्मेदवारी नै खारेज गर्नुपर्छ भनेर निर्वाचन आयोगमा उजुरी दिएका थिए ।