
गुल्मी, ३ जेठ । नेकपा एमालेका सचिव एवं गुल्मी क्षेत्र नम्वर २ का प्रतिनिधीसभा सांसद गोकर्ण विष्टको क्षेत्रमा पर्ने मुसिकोट नगरपालिकामा गठबन्धनलाई पराजित गर्दै नेकपा एमालेले मेयर र उपमेयर पदमा जीत हासिल गरेको छ ।
एमालेका उम्मेदवार जिवन खरेलले गठबन्धनका उम्मेदवारलाई ७९३ मतले हराउँदै मेयर पदमा जीत हासिल गरेका हुन ।
जिवन खरेलले ७३९९ मत ल्याए भने गठबन्धबाट नेपाली कांग्रेसका उम्मेदवार हरिनारायण सापकोटाले ६६०६ मात्रै मत ल्याउन सके ।
उपमेयर पदमा एमालेकी गंगा श्रेष्ठले ७०११ मत ल्याएर जीत हासिल गर्दा गठबन्धनबाट एकिकृत समाजवादीका श्रीराम महतले ६३२३ मात्रै मत ल्याउन सके ।
जिल्लामा एमालेका विरुद्ध नेपाली काग्रेस, माओवादी केन्द्र र एकिकृत समाजवादीले गठबन्धन गरेका थिए ।















प्रतिक्रिया