६ कार्तिक २०८३, शुक्रबार

काठमाडौँ महानगरमा ७४२९ मतान्तरले सुनिताको लिड

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ३ जेठ । काठमाडौँ महानगरपालिकाको उपमेयरमा नेकपा (एमाले)की उम्मेदवार सुनिता डंगोलले ७४२९ को फराकिलो मतान्तरले लिड गरिरहेकी छन् ।

एकीकृत समाजवादीका उम्मेदवार रामेश्वर श्रेष्ठले ३०४८ मत ल्याउँदा डंगोलले १०४७७ मत ल्याएकी छन् ।

त्यस्तै, मेयर पदमा बालेन साहले सुरुदेखि नै अग्रता कायम गरिरहँदा अहिले १०७९७ मतसहित अग्रस्थानमा छन् ।

मगणनाको पछिल्लो विवरणअनुसार नेकपा (एमाले)का उम्मेदवार केशव स्थापितले भने ५७८७ मत ल्याएका छन् । साह स्थापित भन्दा ५०१० मतले अघि छन् ।

त्यस्तै, नेपाली कांग्रेसकी सिर्जना सिंहले ५०७४ मत ल्याएकी छन् ।