काठमाडौँ, १६ वैशाख । अफ्रिकी मुलुक मोरक्कोले नेपालका भूकम्प पीडितहरूको सहयोगार्थ रु दश करोड उपलब्ध गराउने घोषणा गरेको छ ।
मोरक्कोका नरेश मोहम्मद छैटौँको निर्देशनमा त्यहाँको विदेश मन्त्रालयले उक्त रकम अनुदानस्वरुप आपत्कालीन सहायता उपलब्ध गराउने निर्णय गरेको नेपालका लागि मोरक्कोका अवैतनिक वाणिज्यदूत वसन्तकुमार चौधरीले राससलाई बताउनुभयो ।
आपत्कालीन सहायतास्वरुप प्रदान गरिएको उक्त रकम संयुक्त राष्ट्रसङ्घमार्फत परिचालन हुने जानकारी पनि उहाँले दिनुभयो । प्राकृतिक विपद्को वर्तमान विषम अवस्थामा मोरक्कोले सहायता रकम उपलब्ध गराउने घोषणा गरेर नेपाल र नेपालीप्रति सहानुभूति एवम् ऐक्यबद्धता प्रस्तुत गरेको उहाँले बताउनुभयो । रासस















प्रतिक्रिया