
काठमाडौं, ३ जेठ । काठमाडौंको टोखा नगरपालिका वडा नं. ८ मा नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका रमेश खत्री निर्वाचित भएका छन् ।
हालै सम्पन्न मत गणनाको अन्तिम नतिजाअनुसार खत्रीले ८९४ मत प्राप्त गरी निकटतम प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार केशवबहादुर खत्रीलाई पराजित गरेका हुन् । कांग्रेसका खत्रीले ७५९ मत प्राप्त गरेका छन् ।
उक्त वडाका अध्यक्ष प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका उम्मेदवार रामदेव रिमालले ३१५ मत र राप्रपा (हलो)का विनोद नेपालीले ६८ मत प्राप्त गरेका छन् । त्यस्तै अध्यक्ष स्वतन्त्र उम्मेदवार गोपाल प्रसाद कट्टेलले एक मत पनि प्राप्त गर्न सकेनन् ।















प्रतिक्रिया