६ कार्तिक २०८३, शुक्रबार

स्याङ्जा कालीगण्डकीको अध्यक्ष र उपाध्यक्षमा एमाले निर्वाचित

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

स्याङ्जा, ३ जेठ । कालीगण्डकी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका खिमबहादुर थापा र सावित्रा कोइराला निर्वाचित भएका छन्। थापाले आपना प्रतिस्पर्धी नेपाली कांग्रेसका माया रानालाई १ हजार ६४५ मत अन्तरले पछि पार्दै विजयी भएका हुन्।

उनले ६ हजार ७०० मत पाएका थिए भने रानाको ५ हजार ५५ मत छन्। उपाध्यक्ष कोइरालाले ६ हजार २२३ मत पाइन्। उनका प्रतिस्पर्धी राष्ट्रिय जनमुक्ति पार्टीका बमबहादुर लामिछानेले ४ हजार ८३९ मत पाए। कोइरालाले १ हजार ३ सय ८४ मतान्तरले विजयी भइन्।