
दैलेख, ३ जेठ । दैलेख सदरमुकाम रहेको नारायण नगरपालिकाको मेयर र उपमेयरकम नेकपा (एमाले)का उम्मेदवारहरु निर्वाचित भएका छन् ।
एमालेका लोमन शर्मा ५४३६ मतसहित मेयरमा विजयी भएका छन् भने उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी निर्मलाकुमारी खड्का थापाले ५३५७ मत ल्याएकी छन् ।
त्यस्तै, उपमेयरमा पनि एमालेकै तप्तकुमारी खड्का ५६७३ मतसहित विजयी भएकी छन् ।















प्रतिक्रिया