
काठमाडौं, ३ जेठ । काठमाडौंको टोखा नगरपालिका वडा नं. ७ मा नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका नरोत्तम रानाको प्यानलै विजयी भएको छ ।
केहीबेरअघि सम्पन्न मत गणनाको अन्तिम नतिजाअनुसार रानाले ९७६ मत प्राप्त गरी निकटतम प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार राजेन्द्र केसीलाई पराजित गरेका हुन् । केसीले ७६५ मत प्राप्त गरेका छन् ।
वडाध्यक्षमा निर्वाचित राना दोस्रो कार्यकालका लागि निर्वाचनमा होमिएका थिए । यो वडाका अध्यक्ष प्रतिस्पर्धी राप्रपा (हलो)की उम्मेदवार सुशीला लामाले १११ मत र नेकपा माओवादी केन्द्रका उम्मेदवार बुद्धकुमार लामाले ७३ मत प्राप्त गरेका छन् ।















प्रतिक्रिया