
खोटाङ, ३ जेठ । खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकामा एमाले विजयी भएको छ ।
पालिका अध्यक्षमा एमालेका लोकेन्द्र राई र उपाध्यक्षमा अरुणा थापा मगर विजयी भएका हुन् । कांग्रेसका नइन्द्र राईलाई ६४१ मतले पछि पार्दै लोकेन्द्र अध्यक्षमा विजयी भएका हुन् । लोकेन्द्रले २ हजार ८०३ र नइन्द्रले २ हजार १६२ मत पाएका छन् ।
उपाध्यक्षमा मगरले २ हजार ७३३ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसकी रमा कटवालले २ हजार ३१२ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।















प्रतिक्रिया