६ कार्तिक २०८३, शुक्रबार

पाल्पाको निस्दीमा एमालेको क्लिन स्वीप

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पाल्ला, २ जेठ । पाल्पाको निस्दी गाउँपालिकामा नेकपा (एमाले)ले क्लिन स्वीप गरेको छ । गाउँपालिकाको अध्यक्षदेखि सदस्यसम्म सबै पदमा एमाले निर्वाचित भएको हो ।

अध्यक्षमा एमालेका मुक्तबहादुर सारु ६ हजार ६ सय ५२ मत र उपाध्यक्षमा तीरनकुमारी श्रेष्ठ ६ हजार ६ सय ९ मतसहित निर्वाचित भएका छन् ।

सारुका प्रतिस्पर्धी कांग्रेसका गोविन्द अर्यालले ३ हजार ४ सय ६६ पाए ।

उपाध्यक्षका प्रतिस्पर्धी माओवादीका रामप्रसाद खत्रीले ८ सय ३० मत मात्र पाए ।

त्यसैगरी, निस्दीका सबै सात वटै वडामा एमालेका उम्मेदवारहरु निर्वाचित भएका छन् । सदस्य, महिला सदस्य र दलित सदस्यमा पनि एमाले विजयी भएको छ । एमालेले यो गाउँपालिकाका ३७ पदमा जित हात पारेको हो ।

७ वडाका अध्यक्षहरुः

१. यमबहादुर राना

२. फत्तेसिंह दर्लामी

३. नवीन्द्र थापा सोती

४. सन्तवीर सुनारी

५. दुर्गाबहादुर सोमै

६. मेखबहादुर सुनारी

७. मुक्तबहादुर पाटा