६ कार्तिक २०८३, शुक्रबार

बुलिङटार गाउँपालिका अध्यक्षमा एमालेका दीपेन्द्र निर्वाचित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नवलपरासी, २ जेठ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को बुलिङटार गाउँपालिकामा एमालेका उम्मेदवार निर्वाचित भएका छन् ।

नेकपा (एमाले)बाट गाउँपालिका अध्यक्षको उम्मेदवार बन्नुभएका २७ वर्षीय दीपेन्द्र सुनारी चार हजार ५९ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् । सुनारीका प्रतिस्पर्धी नेपाली कांग्रेसका शशीकिरण बस्ताकोटीले तीन हजार ९०० मत प्राप्त गर्नुभयो । बस्ताकोटी निवर्तमान गाउँपालिका अध्यक्षसमेत छन् ।

त्यसैगरी, गाउँपालिका उपाध्यक्षमा भने नेपाली कांग्रेसकी दिलमाया राना मगर निर्वाचित भएका छन् । उनले चार हजार २७३ मत प्राप्त गर्दा एमालेकी उम्मेदवार भूमिका खण्डलुकले तीन हजार ५१९ मत मात्रै प्राप्त गरे ।

छ वटा वडा रहेको बुलिङटार गाउँपालिकाको पाँच वटा वडामा नेपाली कांग्रेसको प्यानलनै निर्वाचित भएको छ भने वडा नम्बर ५ मा नेकपा (एमाले)को प्यानल निर्वाचित भएको छ ।