६ कार्तिक २०८३, शुक्रबार

रसुवाको उत्तरगयामा एमालेबाट अध्यक्ष र उपाध्यक्ष निर्वाचित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ जेठ । रसुवाको उत्तरगया गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवारहरु माधवप्रसाद अर्याल र चमेली गुरुङ निर्वाचित भएका छन् ।

अर्यालले ३ हजार १३४ मत ल्याउँदै विजयी हुँदा नेपाली कांग्रेसका उम्मेदवार उपेन्द्र लम्सालले २ हजार ५६० मत पाएका छन् ।

त्यस्तै गाउँपालिका उपाध्यक्षमा एमालेकी गुरुङ ३ हजार १३४ मतसहित निर्वाचित भएकी छन् ।

उनकी निकटतम् प्रतिद्वन्दी कांग्रेसकी सुनितामाया गुरुङले २ हजार ४५२ मत ल्याइन् ।

२०७४ मा यो गाउँपालिका कांग्रेसले जितेको थियो ।