६ कार्तिक २०८३, शुक्रबार

काठमाडौंमा मतान्तर बढाउँदै बालेन र सुनिता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ जेठ । काठमाडौं महानगरपालिकाको मेयरमा उठेका स्वतन्त्र उम्मेदवार बालेन साहले ७७७१ मतसहित अग्रता कायम राखेका छन् ।

पछिल्लो विवरणअनुसार उनले नेकपा (एमाले)का उम्मेदवार केशव स्थापितले भन्दा ३६५८ मतले लिड गरिरहेका छन् । स्थापितले ४११३ मत ल्याएका छन् भने कांग्रेसकी सिर्जना सिंहले ३५७३ मत प्राप्त गरेकी छन् ।

त्यसैगरी, उपमेयरमा सुनिता डंगोल ६५५७ मतसहित अग्रता कायम गरेकी छन् । उनले उपमेयरकै उम्मेदवार सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले भन्दा ४७०२ मतले अग्रता लिएकी छन् । श्रेष्ठले १८५५ मत ल्याएका छन् ।