६ कार्तिक २०८३, शुक्रबार

विराटनगरमा माइक्रो दुर्घटना हुँदा ६ जना घाइते

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, २ जेठ । विराटनगर महानगरपालिका–२ मा सोमबार दिउँसो यात्रुवाहाक दुर्घटना हुँदा ६ जना घाइते भएका छन्।

प्रहरीका अनुसार विराटनगरबाट यात्रु लिएर सप्तरीको राजविराजतर्फ जाँदै गरेको ना १ ज ७८१३ नम्बरको माइक्रो दिउँसो ४:२० बजेतिर दुर्घटनामा परेको हो। कोसी लोकमार्गअन्तर्गत विराटनगर–२ स्थित पञ्जावी पेट्रोल पम्पमा डिजेल भर्न जाने क्रममा अनियन्त्रित भएको माइक्रो पम्पको पर्खालमा ठोक्किन पुगेको थियो।

दुर्घटनामा परेर विराटनगर–५ सरोचियाकी ६५ वर्षीया उर्मीलादेवी साह, विराटनगर–१५ की ३२ वर्षीया हीरादेवी देव, सुनसरी इनरुवा नगरपालिका–१ की २० वर्षीया बिनाकुमारी यादव, ३३ वर्षीया रेणुका मण्डल, इनरुवा–५ का ५ वर्षीय बालक रितिक शर्मा र सप्तरीको राजविराज नगरपालिका–५ का १९ वर्षीय चन्दन यादव घाइते भएका छन्। घाइतेमध्ये उर्मीलादेवीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।