काठमाडौं, १६ वैशाख । देश भूकम्पको शोकमा डुबिरहेका बेला धनकुटामा बुधबार बस पल्टिएर दुर्घटना भएको छ । बस दुर्घटना हुँदा २४ जना घाइते भएका छन् । एक जनाको अवस्था गम्भीर छ ।
धरानबाट भोजपुका लागि छुटेको को १ ख २१५६ नम्बरको यात्रुबाहक बस धनकुटाको कार्कीछाप ४ कोलबोटेमा पल्टिएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घाइतेहरुको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा उपचार भइरहेको छ । तिव्र गति र बसका खलासीले गाडी चलाएकाले बस दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको छ । घाइतेहरुमध्ये भोजपुरकी कुमारी विष्ट अवस्था गम्भीर छ ।
















प्रतिक्रिया