धनगढी, १६ वैशाख । गत शनिवार गएको महाभूकम्पबाट पीडित भएकाहरुलाई सहयोग गर्नका लागि कैलाली जिल्लाको एक टोली धादिङ प्रस्थान गरेको छ ।
कैलालीमा प्राकृतिक प्रकोपका क्षेत्रमा समेत लामो समयदेखि क्रियाशिल रहदै आएको युवा जनजागरण मञ्च (फाया) नेपालको टोली बुधवार धादिङ गएको हो ।
फायाका लोकराज भट्टका अनुसार टोलीले ६० थान त्रिपाल, पाँच सय केजी चिउरा, एक हजार पाँच सय प्याकेट चाउचाउ, पानी शुद्ध गर्ने औषधि र प्राथमिक उपचारका सामाग्री सहित एक लाख ३० हजार बराबरको सामाग्री लगेको छ ।
भूकम्पबाट पीडित भएकालाई सहयोग गर्ने हिँडेको टोलीमा फायाका अध्यक्ष शेरवहादुर बस्नेत, पूर्व अध्यक्ष धनपति ढुंगेल, सदस्य विष्णु चन्द र मनोज पाण्डेय रहेका छन् । सो टोलीको कार्यकारी निर्देशक धर्मराज पाठकले विदाई गर्नु भएको थियो ।
‘अहिले हामी यो राहत पुर्याउछौं । अवस्था हेरेर अरु सहयोग आवश्यक परे हाम्रो थप टोली धादिङ आउने व्यवस्था मिलाएका छौ ।’ टोली संयोजक तथा फायाका अध्यक्ष बस्नेतले बताउनुभयो । टोली विहीबार धादिङ पुग्ने वताइएको छ । फायाले यसअघि भूकम्पबाट घाइते भएकाहरुका लागि रक्तदान कार्यक्रम पनि आयोजना गरेको थियो ।















प्रतिक्रिया