
काठमाडौं, १ जेठ । भरतपुर महानगरपालिकाको पछिल्लो विवरणअनुसार नेकपा (एमाले)का उम्मेदवार विजय सुवेदीले मतान्तर घटाउँदै लगेका छन् ।
वडा नम्बर २ को मतगणना जारी रहेको बेला दाहाल र सुवेदीबीचको मतान्तर कम हुँदै गएको छ ।
अहिले सुवेदी ७४ मतले मात्रै पछि छन् । वडा नम्बर १ बाट दाहालले १ हजार २०८ मत र विजयले १ हजार ८७ मत पाएका थिए ।
वडा नम्बर २ को ८०० मत गणना हुँदा दाहालले १ हजार ४८४ मत र सुवेदीले १ हजार ४१० मत पाएका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ४९७ मत पाएका छन् ।
वडाध्यक्षमा एमाले उम्मेदवार कृष्ण केसीले ३४८ मतका साथ अग्रता लिएका छन् ।
कांग्रेसका मनोज रानभाटले ३३७ मत ल्याएका छन् ।















प्रतिक्रिया