४ कार्तिक २०८३, बुधबार

भूकम्पबाट हालसम्म चार हजार ७६८ जनाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bhukamapa-hospitalकाठमाडौँ, १६ वैशाख । विनाशकारी भूकम्पमा परी हालसम्म चार हजार ७६८ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ ।

मन्त्रालय मातहतको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रका अनुसार भूकम्पबाट नौ हजार ६२६ जना घाइते भएका छन् ।

काठमाडौँमा एक हजार ३९, भक्तपुरमा २५० र ललितपुरमा १५९ जनाको मृत्यु भएको छ भने काठमाडौँमा दुई हजार १४२, भक्तपुरमा एक हजार ८८९ र ललितपुरमा एक हजार ६० जना घाइते भएका छन् ।

पूर्व क्षेत्रमा ५१, मध्यक्षेत्रमा दुई हजार ४८, पश्चिम क्षेत्रमा ३८२ र मध्यपश्चिम क्षेत्रमा दुई जनाको मृत्यु भएको केन्द्रले जनाएको छ । रासस