४ कार्तिक २०८३, बुधबार

चितवनको कविलास गाविसमा पुग्दा यस्तो देखियो (फोटोफिचर सहित)

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

chitwan-bhukamapa-3

– सन्दिप भट्ट
चितवन, १६ वैशाख । चितवनको पहाडी गाविस कविलासमा भूकम्पवाट ६ घर पुर्ण रुपमा क्षती भएको छ भने ७७ घरमा आशिंक क्षती भएको छ । गाविसका सचिव प्रधुन्न कुमार खड्काका अनुसार भूकम्पवाट गाविसको वडा नम्बर १ र वडा नम्बर ९ मा धेरै क्षती पुगेको छ ।

वडा नम्बर १ को भार्ला क्षेत्रमा ३ वटा घर पुर्ण रुपमा क्षती भएका छन् भने राप्रावी भार्ला विद्यालयको भवनमा क्षती पुगेको छ । गाविसमा मंगलवार त्यस क्षेत्रमा राजनीतिक दलका प्रतिनिधी, रेडक्रसकर्मी, स्थानिय शान्ति समिति लगायतका सरोकारवलाहरुको बैठक बसेर गाविसमा भएको क्षतीको तथ्याङक संकलन गरिएको छ ।

संकलनका क्रममा वठा नम्बर १ को भार्ला, खोलाघारी वडा नम्बर ४ को भोर्ले, वडा नम्बर ५ को केरावारी, वडा नम्बर ६ को सिमलताल तथा वडा नम्बर ९ को भोटेढाप क्षेत्रको अवलोकन गरिएको थियो । १५ जनाभन्दा बढीको समुहमा रहेको तथ्याङ्क संकलकहरु पीडितसमक्ष पुगेर पीडितका गुनासो सुनेका थिए ।

गाविसको सम्पुर्ण क्षेत्रको तथ्याङ्क संकलन गर्ने लक्ष्य राखिएपनि दिउँसो पानी परेपछि तथ्याङ्क संकलनमा कठिनाई भएको थियो । जुगेडी प्रहरी चौकीले दिएको जनाकारी अनुसार गाविसको वडा नम्बर १ मा ३६ घरमा आंशिक क्षती भएको छ ।

यस्तै, वडा नम्बर २ मा १२ घरमा आंशिक क्षती भएको छ । यस्तै वडा नम्बर ४ मा ५ घर, वडा नम्बर ६ र ७ मा १÷१ घर, वडा नम्बर ८ मा ४ घर तथा वडा नम्बर ९ मा ७ घरमा आंशिक क्षती भएको छ ।

यस्तै, भुकम्पवाट वडा नम्बर ३ र ५ मा भने कुनै नोक्सान नपरेको प्रहरीले जनाएको छ । कविलासका गाविस सचिव भुकम्प आउने अघिल्लो दिन भ्रमणमा निस्किएका कारण सो क्षेत्रमा पु¥याएको क्षतीको विवरण संकलन भएको थिएन ।

उनी हिजो फर्किएलगत्तै गाविस वासीको अवस्था बुझ्न आपतकालीन बैठक बसी गाविसका विभिन्न क्षेत्रको अवस्था बुझ्न निस्किएका थिए ।

chitwan-bhukamapa-5 chitwan-bhukamapa-4  chitwan-bhukamapa-2 chitwan-bhukamapa-1 chitwan-bhukamapa