काठमाडौं, १६ वैशाख । महाभूकम्पमा फसेको २२ घण्टापछि नेपाली सेनाको उद्दार टोलीले चार महिने बालकको सकुशल जिवितै उद्दार गरेको छ ।
सोमबार राति २ बजे भक्तपुर मूलढोकाका श्याम अवालका चार महिनाका छोरालाई सेनाको उद्दार टोलीले जिवितै उद्दार गरेको युद्धभैरभ गणका निमित्त गणपति सेनानी डम्बर बहादुर आलेमगरले बताउनुभयो ।
घर लडेर शिशु पुरिएपछि श्यामले प्रहरीमा खबर गरेका थिए । अहिले शिशुको भक्तपुर जिल्ला अस्पतालमा उपचार भइरहेको छ । परिक्षणका क्रममा उनलाई शिशुको स्वास्थ्य स्थिती सामान्य रहेको बताइएको छ ।
















प्रतिक्रिया