– टेकराज भण्डारी
अछाम, १५ वैशाख । शक्तिशाली महाभूकम्पका कारण देशमा जन धनको ठुलो क्षति भएपछि विपत्तिमा परेकाहरुलाई राहतका लागि अछाम जिल्लामा २ दिनको अवधिमा एक लाख बढी राहत संकलन गरिएको छ ।
अछाम जिल्लाका विभिन्न संघ संगठनहरुले गरेको राहत संकलन कार्यबाट १ लाख १५ हजार बढी रकम संकलन गरिएको हो । सोमबार करिब ८५ हजार रकम संकलन गरिएको अछाममा मंगलबार ३० हजार बढी रकम संकलन गरिएको छ ।
आज तरुण दल अछामले जिल्लाको जयगढ, बयालपाटा र साँफेबगरमा गरिएको राहत संकलनमा २२ हजार संकलन गरिएको तरुण दल अछामका अध्यक्ष प्रकाश साउँदले बताउनुभयो । पूर्वसञ्चार राज्यमन्त्री गोविन्द शाह लगायतको सहभागितामा रकम संकलन गरिएको बताईएको छ ।
यस्तै मंगलबार नेकपा एमाले ईलाका नम्बर ७ ले आज जयगढ बजारमा ८ हजार बढी रकम संकलन गरेको छ । एमाले जिल्ला सदस्य मान बहादुर साउँदको नेतृत्वको टोलीलले ८ हजार १ सय १० रुपैंया संकलन गरेको हो । सोमबार नेपाल रेडक्रम सोसाईटी, अछाम जेसिज, नेकपा एमाले, पत्रकार महासंघ अछाम, क्यान अछाम लगयातका संगठनहरुले जिल्ला सदरमुकाम मंगलसैनमा ४० हजार एक सय ४० रुपैंया संकलन गरेका थिए ।
यस्तै, अछाम बहुमुखी क्याम्पसको अगुवाईमा विहान करिब ३० हजार १ सय ५२ रुपैंया संकलन गरि प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको थियो । यस्तै नेकपा एमाले क्षेत्र नम्बर २ ले १४ हजार ६ सय ९७ रुपैंया संकलन गरेको थियो । संकलित रकम जिल्ला प्रशाशन कार्यालय मार्फत प्रधानमन्त्री राहत कोषमा जम्मा गरिने बताईएको छ ।
















प्रतिक्रिया